Section 66
अनादरको सूचना
विनिमेय अधिकारपत्र अस्वीकृतिद्वारा वा भुक्तानी दिन इन्कार गरी अनादर गरिएकोमा सो कुराको सूचना धारक वा त्यसप्रति उत्तरदायी हुने कुनै पक्षले सो अधिकारपत्रसँग सम्बन्धित सबै पक्षलार्ई दिनुपर्नेछ र तीमध्ये कुनै पक्षलार्ई यस्तो कुरा सूचित नगरिएको भए त्यस्तो पक्ष सो अधिकारपत्रप्रति उत्तरदायी हुनेछैन । तर यस दफामा लेखिएको कुनै कुराले प्रतिज्ञापत्र लेखिदिने व्यक्ति विनिमेयपत्र स्वीकार गर्ने व्यक्ति वा ड्रयीलार्ई अनादर भएको सूचना गर्न आवश्यक हुने छैन ।